स्याङ्जा र गोरखामा पनि नयाँ डेल्टा भेरिएन्ट पुष्टि

युवराज पौडेल   POSTED ON : असार २७, २०७८ (४:२७ PM)

स्याङ्जा र गोरखामा पनि नयाँ डेल्टा भेरिएन्ट पुष्टि

स्याङ्जा । स्याङ्जा जिल्लामा पनि नयाँ डेल्टा भेरिएन्ट भेटिएको छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा डेल्टा द्य।ज्ञ।टज्ञठ।द्द भेटिएको हो ।

गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि मिति २०७८÷०२÷३१ गते जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका संयोजक नवराज शर्माले बताउनु भयो। 

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुई जना पुरुषमा उक्त भेरिएन्ट पुष्टि भएको हो । यसमा पहिलो अल्फा भेरिएन्टमा भन्दा सङ्क्रमण हुने दर केही बढी भएकाले व्यक्तिगत सुरक्षा मापदण्ड अपनाउन निर्देशनालयले अनुरोध समेत गरेको छ ।

नयाँ डेल्टा भेरिएन्ट पुष्टि हुनेमा कालीगण्डकी स्याङ्जाका अतिरिक्त गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० वर्षका महिला पनि रहेको पनि स्वास्थ्य निर्देशनालयले स्पष्ट पारेको छ ।


 


Top