म्याग्दीमा जीप दुर्घटना : एकको मृत्यु, आठ जना घाइते

ध्रुवसागर शर्मा   POSTED ON : श्रावण १५, २०७८ (१२:३८ PM)

म्याग्दीमा जीप दुर्घटना : एकको मृत्यु, आठ जना घाइते

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका ७ बादिकाको शुक्रबार बिहान जीप दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ ।

पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जीप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भिरबाट खसेको हो । दुर्घटनामा परी धवलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षिय बिकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्कीएको जीपबाट उछिट्टिएर भीरमा खसेका थिए ।

चालक सहित ८ जना घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । दरबाङ  स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदा जीप भित्र रहेका यात्रुहरु बाँचेका हु्न । मृतक सुनारको शव भीरदेखि केही तल भेटिएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।


Top