स्याङ्जाको भीरकोटमा गोरू काट्नेहरू पक्राउ

युवराज पौडेल   POSTED ON : भदौ २१, २०७८ (११:१८ AM)

स्याङ्जाको भीरकोटमा गोरू काट्नेहरू पक्राउ

स्याङ्जा । स्याङजा भिरकोट नगरपालिका वडा नं. ८ ढापुक फेदी रातिको समयमा मासु खानका लागि गोरू काटी भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी चौकीदह थुम स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सोही ठाउँ बस्ने नैनसिंह गुरुङको घरमा खानतलासी गर्दा नैनसिंह गुरूङ, हुम प्रसाद गुरूङ र खेम गुरूङलाई गोरू काटी छाला तोडी, टाउको, खुट्टा, शरीर छुट्टा–छुट्टै बनाई राखेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएको हो । 

यसका साथै प्रहरीले मासु काट्न प्रयोग भएको दुई थान चक्कु बरामद गरी ‘पशुपंक्षी सम्बन्धी कसूर’ मुद्दा दर्ता गरी मिति २०७८।०५।२० गते स्याङजाजिल्लाअदालत स्याङजाबाट दिन७ को म्याद थप अनुमतिलिई  थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।


Top