तीन महिना पछि धारामा पानी

धु्रवसागर शर्मा   POSTED ON : आश्विन ८, २०७८ (९:५३ AM)

तीन महिना पछि धारामा पानी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा जेठ अन्तिम साताको बाढी र पहिरोका कारण खानेपानीको मुहान र पाइपालनमा क्षति पुगेपछि अबरुद्ध भएको खानोपानी तीन महिना पछि बिहीबारदेखि सुचारु भएको छ ।

 २०८ घर परिवार रहेका बगरफाँटवासीले विगत ३ महिनादेखि खानेपानीको अभवाका कारण खोला र कुवाको दुषित पानी पिउन बाध्य भएका थिए ।

बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीय वासीले एक सातासम्म मर्मत संहार र मुहानको सरसफाइ गरेपछि  हिजो –बिहीबार) देखि गाउँका २८ वटै धारामा पानी झरेको स्थानीयवासीले बताएका छन् ।

खाने पानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य यहाँका वासिन्दा धारामा पानी आएपछि खुसी भएका स्थानीइ गोपाल शर्माले बताए । धारामा पानी नआएपछि खोला र कुवाको दुषित पानीका कारण यहाँका बालबालिका र बृद्धबृद्धाहरुलाई रुघाखोकी,लगाएतका मौसमी रोगहरु देखिएको स्थानीयले बताएका छन् ।

गत असार ७ गते मरुवा,उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको थियो । 

यस विचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी संचालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याए पछि बगरफाँटका वासिन्दा विगत तीन महिनादेखि खोला र कुवाको पानी पानी वाध्य भएका थिए । 

२१४ घर धुरी रहेको बगरफाँटमा ३ महिनादेखि खानेपानीको समस्या हुँदा समेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका वासिन्दाहरु ठूलो समस्यामा परेका स्थानीयले बताएका थिए ।

२०६९ सालमा बेनी नगरपालिका ३ भकिम्ली र बेनपा २ ज्यामरुककोटको सीमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको  सुविधा उपलब्ध गराएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।


Top