आँधीखोला काँग्रेसको सभापतिमा नरेन्द्र पौडेल

युवराज पौडेल   POSTED ON : आश्विन १०, २०७८ (४:१६ PM)

आँधीखोला काँग्रेसको सभापतिमा नरेन्द्र पौडेल

स्याङ्जा । स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिकाको नेपाली काङ्ग्रेसको सभापतिमा आँधीखोला ४ का नरेन्द्रराज पौडेल निर्वाचित हुनुभएको छ । सभापतिका लागि नरेन्द्रराज पौडेल, विष्णुप्रसाद लामिछाने र नविन ढकालको मनोनयन दर्ता भएको थियो । विष्णुप्रसाद लामिछानेले सहमतिका लागि भन्दै मनोनयन फिर्ता लिएपछि नरेन्द्रराज पौडेल र नविन ढकालका बिचमा सहमति गराउने नेताहरुको कोसिस सार्थक हुन नसकेपछि निर्वाचन गरिएको थियो । 

निर्वाचनमा नरेन्द्रराज पौडेलले ६१ मत प्राप्त गर्नुभएको थियो भने नविन ढकालले ४७ मत प्राप्त गर्नुभएको थियो । सभापति बाहेकका अन्य पदमा भने सहमतिका आधारमा पदाधिकारीको चयन भएको निर्वाचन अधिकृत जगदीश पौडेलले बताउनुभयो । उपसभापतिमा कृष्णप्रसाद पौडेल र मोहदत्त ढकाल, सचिवमा रघनाथ पौडेल र सूर्य क्षेत्री, सहसचिवमा शोभा ढकाल र पूर्णप्रसाद काफ्ले चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कमला ढकाल, कृष्णप्रसाद उपाध्याय, राजेन्द्रप्रसाद ढकाल, कृष्णप्रसाद सापकोटा र नारायणप्रसाद ढकाल सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत जगदीश पौडेलले बताउनुभएको छ । 


Top