बागलुङको सबैभन्दा उच्च स्थान नर्जाखानीमा छैन अब खानेपानीको समस्या

डम्मर बुढा मगर   POSTED ON : आश्विन १४, २०७८ (४:२८ PM)

बागलुङको सबैभन्दा उच्च स्थान नर्जाखानीमा छैन अब खानेपानीको समस्या

 बागलुङ । बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो नर्जाखानी । तमानखोला गाउँपालिका वडा नम्बर ६ मा पर्ने नर्जाखानी आधा दशक अगाडीसम्म विकासको हिसाबले निकै पछाडी थियो । स्वास्थ्य, शिक्षा, यातायात, विद्युत, खानेपानी लगायत विकासका पूर्वाधारले जोडिएको थिएन । जब स्थानीय तहको गठन भयो । त्यसपछि अहिले नर्जाखानी गाउँको मुहारै फेरिएको छ ।

सडकले गाउँ जोडिएपछि आवतजावत र सामान ढुवानीमा निकै सहज भएको छ भने विद्युत र खानेपानीको पनि पहुँच सहज रुपमा पुगेको छ । केही वर्ष एक गाग्री खाने पानी भर्नका लागि घण्टौँको यात्रा गनुए पथ्र्यो । लाईनमा बस्नु पथ्यो । उनीहरु शुद्ध पानीका लागि होईन धमिलो र किरा फट्याङ्या घुमिर रहेको पानी हो । 

त्यो पानीलाईलाई पातलो कपडाले छानेर गाग्री भरेर उपभोग गनर्गु पर्ने अवस्था थियो । अहिले त्यो समस्याबाट नर्जाखानीवासी मुक्त भएका छन् । अहिले उनीहरुको घर–घरमा खानेपानीको धारो बनेको छ । घर छेउकै धारोमा पानी भर्न पाउँदा स्थानीयहरु दंग छन् ।

जिल्लाकै पिछडिएको गाउँमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरेपछि अहिले नर्जावासीका लागि वरदान सावित भएको छ । घरै अगाडी खानेपानीको धारो भनेपछि आफूहरुले बताउनुहुन्छ । उहाँले पानी बोक्नकै लागिद दैनिक ५÷७ घण्टा बित्ने गरेको सुनाउँदै अहिले त्यो समय अन्य काममा सदुपयो भएको उहाँको भनाई छ ।

‘विहान उज्यालो नहुँदै उठेर एक गाग्री बाकेर पानी लिनका लागि एक डेढ घण्टा हिड्नु पथ्र्यो, धारोमा पुग्दा निकै लामो लाइन हुन्थ्यो,’ खुसी हुँदै छन्त्यालले भन्नुभयो ‘अहिले त घर घरमै धारो छ, लाइन कुर्नु पनि परेन, जति बेला जति भरे पनि भयो, पहिलेको भन्दा त अहिले कति हो कति सजिलो भएको छ ।’ 

छन्त्यालले नर्जाखानीवासीले वर्षौदेखि भोग्दै आएको समस्या खानेपानी नै मुख्य भएको भन्दै अहिले सिंगो गाउँलेहरुमा खुसी छाएको बताउनुहुन्छ । ‘एक दुई घरले मात्रै होइन, यहाँ त सिंगो गाउँले नै दुःख पाएको थियो, खानेपानी बोक्दैमा दिन बित्थ्यो,’ उहाँले भन्नुभयो ‘विहान उज्याले नहुँदै पँधेरो गएको अउँदा ९÷१० बज्ने गथ्र्यो ।’

स्थानीय तारा छन्त्यालले घर–घरमा धारो बनेपछि बारीमा तरकारी उत्पादन गर्न र सरसफाईमा निकै सहज भएको बताउनुहुन्छ । उहाँले घरमा धारो नहुँदा सरसफाई र तरकारी खेति निकै समस्या हुने गरेको भन्दै अहिले त्यो समस्या हटेको बताउनुहुन्छ । 

‘पहिले त सरसफाइ गर्न र तरकारी खेति गर्नका लागि निकै समस्या थियो, वस्तुभाउलाई पानी खुवाउनका लागि तलै खोलामा पु¥याउनु पथ्र्यो,’ उहाँले भन्नुभयो ‘अहिले बारीमा हरियो सागसब्जी उत्पादन भएका छन्, ट्वाइलेट बाथरुम पनि सफा भएका छन्, वस्तुभाउले पनि दिनदिनै पानी पिउन पाएका छन् ।’

सिंगो गाउँनै खानेपानीको समस्यामा गुज्रिएको हुँदा तमानखोला गाउँपालिकाले ३८ लाख रुपैयाँ लगानी गरेर एक घर एक घरा निर्माण गरेको हो । स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएको हुँदा आफू जनप्रतिनिधि भएर आएपछि खानेपानीमा लगानी गरेको तमानखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कुलबहादुर छन्त्याल बताउनुभयो । 

‘यो गाउँमा धेरै वर्ष अगाडीदेखि स्थानीयहरुले खानेपानीको समस्या भोग्दै आएका थिए, यसभन्दा अगाडी पनि गाउँमा पानी ल्याउन निकै प्रयास गरियो, बजेट अभावको कारण आउन सकेको थिएन, अहिले स्थानीय सरकार बनेपछि सुरुका दिनदेखिै खानेपानीमा लगानी गर्न थालेको अहिले गाउँका सबै घरमा खानेपानीको व्यवस्थापन भएको छ,’ छन्त्यालले भन्नुभयो ।

एक घर एक धारा अन्तरगत नर्जखानीमा १ सय १४ व्यक्तिगत धारा र ४ वटा सार्वजनिक धारा निर्माण गरिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । वडा नम्बर ६  कै भित्रीवनमा पनि अहिले एक घर एक धाराको सञ्चालनमा रहेको अध्यक्ष छन्त्यालको भनाई छ । 

तमानखोला गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउनका लागि तमानखोला गाउँपालिकाले विभिन्न निकाय र सरकारसँग समन्वय गरे योजनाहरु अगाडी बढाइरहको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

गाउँपालिका सहित प्रदेश संघ सरकार र साझेदार निकायहरु नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयर मार्फत पनि खानेपानीका योजनाहरु निर्माणको काम अगाडी बढेको उहाँको भनाई छ । 

‘केही वर्ष अगाडीसम्म तमानखोला गाउँपालिकाका धेरै नागरिकहरु शुद्ध खानेपानीको पहुँचभन्दा टाढा थिए, अहिले गाउँपालिकाको सबै वडाका ६० प्रतिशत घरमा एक घर एक धारा निर्माण भइसकेको छ, केही योजना सम्पनन हुने क्रममा छन् ।’ उहाँले केही वर्षमै तनमाखोला गाउँपालिकाका सबै घरमा खानेपानीको सहज पहुँच पु¥याउने बताउनुभयो ।

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएको तमानखोलाको भित्रिवन गाउँ । तस्बिर ः डम्मर बुढा मगर÷बागलुङ 


Top