डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त

  POSTED ON : आश्विन २५, २०७८ (११:५४ AM)

डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त हुनु भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सोमबार बिहान सांसद डोबाटेलाई मन्त्रीमा नियुक्त गर्नु भएको हो । डोबाटेलाई बिनाविभागीय मन्त्री बनाइएको हो । डोबाटेको शपथ साँझ पाँच बजे गरिने जनाइएको छ । गत जेठमा मन्त्री बन्ने पक्का भएका दोबाटेको ठाउँमा कांग्रेसकै विन्दुकुमार थापालाई केन्द्रको दबाबमा मन्त्री बनाइएको थियो । 

Top