दुर्गम गाउँमा विकास

डम्मर बुढा मगर   POSTED ON : कार्तिक ९, २०७८ (२:३४ PM)

दुर्गम गाउँमा विकास

बागलुङ । बागलुङको सबैभन्दादुर्गम मानिएको तमान खोलागाउँपालिका समृद्ध पालिका बनाउने अभियानमा जुटेको छ । जन प्रतिनिधिले चुनावी बाचा सहित जनता सँग प्रत्यक्ष जोडिएका विकासका योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

स्थानीय तह हुन ुभन्दाअगाडिदुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने उक्त पालिकामा अहिले सबै वडामा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूर्ण आधार मध्यको एक सडक भएका कारण आफुहरुले प्राथमिकताका साथ योजनाछनौट गरेर सबै वडामा सडक पु¥याइएको गाउँपालिका अध्यक्ष जोक लाल बुढा मगरले बताउनुभयो ।

अब केही बस्तीमा मात्र सडक पुग्न बाँकी रहेका कारणचाँडै सडक सञ्जालले जोडिने अध्यक्षबुढा मगरको भनाई छ । सडकनपुग्दाखुखानी, नर्जाखानी, लगायतगाउँबाटदिनभर हिँडेर बुर्तिबाङ पुग्नुपथ्र्यो । दिनभर हिँडेर उपभोग्य सामानको जोहो गर्नु पथ्र्यो । गाउँमाकोही बिरामीपर्दा डोकोमाबोकेर भरिया लगाएर गाउँलेले उपचार गर्न बुर्तिबाङसम्म ल्याउन बाध्य हुन्थे तर अहिले वडा–वडामा स्वास्थ्य सेवाको सहज पहुँचपुगेको छ । 

स्थानीयतह गठन भइसकेपछि गाउँ–गाउँमा सडकआएको भन्दै पहिले एक दिनमा पुग्ने बुर्तिबाङ बजार अहिले एकैछिनमा पुग्न सकिने वडानम्बर ४ कातुल बहादुर छन्त्यालले बताउनुभयो । शिक्षा क्षेत्रमा पछि परेको गाउँपालिकाले प्राथमिकता दिएर चुहिने विद्यालयलाई पक्की विद्यालयको रुपमा स्तर उन्नति गर्दै आएको अध्यक्ष बुढा मगर बताउनु हुन्छ । १२ वर्षकै उमेरमा हुने बालविवाहलाई पनि गाउँपालिकाले अन्त्य गरेको उहाँको भनाई छ ।

सचेतना मूलक कार्यक्रम मार्फत बालविवाह रोकथाममा सहयोग पुगेको वडानम्बर २ का अध्यक्ष मिनबहादुर घर्तीले बताउनुभयो । विद्यालय सुधार कार्यक्रमतर्फ शान्ति मावि, भगवती प्रावि, हिले प्रा.वि, विद्यासागर प्राविको भौतिक पूर्वाधार सुधार भइसकेको छ ।हिले प्रावि, सरस्वती आवि, दिल्ली प्राविको ४ कोठा पक्की भवन बनेको छ । 

यो लगाएत गाउँपालिकाले प्रत्येक वडामा रहेका विद्यालयहरुको भौतिक संरचना निर्माण गरेको र खानेपानी, व्यवस्थित शौचालय समेत निर्माण गरेको गाउँपालिकाले जनाएको छ । शिक्षा क्षेत्रको सुधार गर्न सकेमात्र चेतनाको विकास र समग्र गाउँपालिकाले खोजेको समृद्धि ल्याउन सकिने उद्देश्य स्वरुप शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ लगानी गरिरहेको अध्यक्ष बुढाले बताउनुभयो । उहाँले हरेक विद्यालयलाई व्यस्थित गर्न गाउँपालिकाले योजना बनाएरै लागेको बताउनुभयो  ।

सामान्य बिरामीपर्दा समेत बुर्तिबाङ आउनु पर्ने तमान खोलावासीको बाध्यताअहिले हटदै गएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरिकलाई निकै सहजभएको छ । स्थानीय तह आउनु अगाडि ३ वटा स्वास्थ्य संस्थाबाट सेवा पाइरहेको नागरिकले अहिले गाउँ–गाउँबाट सेवालिइ रहेकाछन् ।

गाउँपालिकाले टोल टोलमा स्वास्थ्य इकाई स्थापना गरिएपछि गर्भवती सुत्केरी, बालबच्चा, जेष्ठ नागरिक तथा असहायगरिव विपन्नवर्गले गाउँका स्वास्थ्य सस्थाबाट सेवा लिइरहेको गाउँपालिकाले जनाएको छ ।

कोभिड १९ को चुनौतीलाई सहज रुपमापार लगाएको गाउँपालिकामा पछिल्लो समय एमविविएस डा. व्यवस्थापन गरेर विभिन्न प्रकारमा स्वास्थ्य सेवाउपलब्ध गराइएको छ । गाउँपालिकामा ग्रामीण स्वास्थ्य सुधार परियोजनाले समेत राम्रो सहयोग गरिरहेको छ ।

दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामाल्याव सेवा, गर्भवती सेवा, स्वास्थ्य संस्थामावर्थिङ सेन्टर व्यवस्थापनसँगै स्वास्थ्य इकाई व्यवस्थापन र सचेतनामुलककार्यक्रमगरिरहेको छ । खानेपानीमा एक घर एक धाराको अभियान सञ्चालन गरिरहेको तमानखोलाले ८० प्रतिशत नागरिकमा खानेपानीको पहुँचपुगेको जनाए छ ।

बाँकी जनसंख्यालाई पनि स्वच्छपानी पिलाउने योजनाअनुसार विभिन्न निकायको सहयोगमा अभियानजारी छ । पर्यटन, जडीवुटी, खनिज जस्ता आम्दानीमूलक क्षेत्रलाई समेत दीर्घकालीन योजनाका साथकार्यक्रमलिइएको गाउँपालिका अध्यक्षबुढा मगरले बताउनुभयो । विभिन्न सुचकहरुलाई आधार मानेर जनताको आवश्यकताका आधारमा अल्पकालीन र दीर्घकालीन योजनालिएर गाउँपालिकाले कामगरिरहेको उहाँको भनाई छ ।

कहिल्यै मोटर गाडीनदेखेका वृद्धवृद्धाहरु पनिगाउँ घरमा सररर गाडी गुड्दा दंग छ । हप्तौँ लगाएर नुनचामलबोकेर उपभोग गर्ने गरेको बुढापाकाहरु अहिले गाउँमै सबै सुविधा पाउँदाहर्षित छन् । स्थानीय मनबहादुर छन्त्याल भन्नुहुन्छ ‘पहिले हाम्रो जमानामा यस्तो सुविस्ताथिएन, हामीनुन, चामललिनको लागि खसौलीबटौलीपुग्ने गथ्र्यौँ, अहिले त घर–घरमै दोकानछन्, उतिबेलाको जस्तो दुख छैन अहिले ।’

भौगोलिक रुपमा पिछडिएको तमानखोलालाई समृद्धको दिशातर्फ अगाडीबढाउने गरि आफूहरुले कामगरि रहेको गाउँपालिकाकीउपाध्यक्षमानसरी शेरचनले बताउनुभयो । उहाँले नागरिकको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर विकासका गतिविधिलाई निरन्तर अगाडी बढाएको बताउनुहुन्छ ।

बागलुङ तमानखोलागाउँपालिकामा रहेको तमानगाउँ । तस्बिर ः डम्मर बुढा मगर÷हिमालयटाइम्स


Top