राष्ट्रपति भण्डारी ढोरपाटन आउने

डम्मर बुढा मगर   POSTED ON : कार्तिक १२, २०७८ (११:१० AM)

राष्ट्रपति भण्डारी ढोरपाटन आउने

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि शनिबार ढोरपाटन आउनु हुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो ।

राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आइ नपुगेको प्रजिअ कार्कीको भनाइ छ । राष्ट्रपति आउनु हुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनकालागिविश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।

Top