गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा सिरूबारीमा बुद्धमूर्तिको शिलान्यास

युवराज पौडेल   POSTED ON : कार्तिक १४, २०७८ (५:१५ PM)

 गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा सिरूबारीमा बुद्धमूर्तिको शिलान्यास

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीद्वारा नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीमा निर्माणाधीन बुद्धमूर्तिको आज एक कार्यक्रममा बिच शिलान्यास गर्नुभएको छ । 

कार्यक्रममा शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठ, कानुन, सञ्चार तथा प्रदेश सभा मामला मन्त्री बिन्दुकुमार थापा, विना विभागीय मन्त्री दोबाटे विश्वकर्मा, संविधानसभा सदस्य राजु थापा, गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक भागवत् प्रकाश मल्ल, नेपाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री नेपालीले ग्रामीण पर्यटनको जग बसाल्ने ऐतिहासिक काम सिरूबारीबाट भएको बताउँदै स्वर्गीय रूद्रमान गुरूङको अविस्मरणीय योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुद्रमान गुरुङ स्पष्ट वक्ता हुनुहुन्थ्यो । उहाँ गिरिजाबाबु जस्तै जे बोल्ने त्यही गर्ने व्यक्ति हुनुहुन्थ्यो ।’ उहाँले भन्नुभयो, ‘जतिबेला होमस्टे भन्ने तपाईँ हाम्रो कसैको दिमागमा होमस्टेको धारणा नै थिएन, त्यतिबेला गुरुङले होमस्टेको अवधारणा ल्याउनुभयो ।’ उहाँले सिरुबारीमा जातीय तथा सांस्कृतिक समानता रहेको पनि बताउनुभयो । एक फरक सन्दर्भमा उहाँले आँधीखोलामा अलपत्र परेको पुलको काम अगाडि बढाउन आफूले तुरुन्तै पहल गर्ने बताउनुभयो । बुद्ध मूर्ति निर्माणका लागि अब आउने योजनामा आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीलाई यहाँसम्म ल्याइपु¥याउन स्व. क्या. रुद्रमान गुरुङले महत्वपूर्ण भूमिका खेल्नुभएको बताउँदै यसको विकासमा हातेमालो गर्न तयार रहेको बताउनुभयो । कानुन, सञ्चार तथा  प्रदेश सभा मामला मन्त्री बिन्दुकुमार थापाले सिरुबारी गण्डकी प्रदेशकै गौरब भएकाले यसको विकासमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विना विभागीय मन्त्री दोबाटे विश्वकर्मा, संविधानसभा सदस्य राजु थापा, प्रजिअ राजुप्रसाद पौडेल, सरस्वती गुरुङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पर्यटन विकास समितिका अध्यक्षको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजु गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नवयुवा क्लबकी सचिव उर्मिला गुरूङले गर्नुभएको थियो ।


Top