विश्व हिन्दू युवा संघ स्याङ्जाले संस्कृत पुस्तकालय निर्माण गर्ने

युवराज पौडेल   POSTED ON : कार्तिक २३, २०७८ (१०:५४ AM)

विश्व हिन्दू युवा संघ स्याङ्जाले संस्कृत पुस्तकालय निर्माण गर्ने

स्याङ्जा । विश्व हिन्दू युवा सङ्घ स्याङ्जाले जिल्लाका ११ ओटै पालिकामा संस्कृत पुस्तकालय निर्माण गर्ने योजना प्रस्तुत गरेको छ। विदेशी विश्वविद्यालयले संस्कृत भाषालाई आफ्नो पाठ्यक्रममा समावेश गरेका तर पछिल्लो समय नेपालमा सनातन संस्कृति भाषामाथि निरन्तर प्रहार भएको अवस्थामा संस्कृति जोगाउनका लागि पनि संस्कृत पुस्तकालय निर्माण गर्न लागिएको कुरा विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । उहाँले वेद र विज्ञान धेरै कुरामा मिल्ने कुरा पनि व्यक्त गर्नुभयो । 

पहिलो चरणमा भीरकोट, वालिङ, गल्याङ र अर्जुन चौपारीमा संस्कृत पुस्तकालय निर्माण गरिने कुरा विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्लाका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । वालिङमा गोरखनाथ संस्कृत अध्ययन तथा अनुसन्धान केन्द्र(पुस्तकालय) बनाइने र भिरकोटमा योगी नरहरिनाथ संस्कृत पुस्तकालय बनाउने अभियान रहेको कुरासमेत उहाँले व्यक्त गर्नुभएको छ । स्थानीय धार्मिक व्यक्तित्व, स्थानीय बुद्धिजीवी र अन्य सरोकारवाला व्यक्तिहरुसँंग सरसल्लाह गरेर अगाडि बढ्ने कुरा बताएका छन्।


Top