बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते

युवराज पौडेल   POSTED ON : कार्तिक २९, २०७८ (५:५० PM)

बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते

 स्याङ्जा । स्याङ्जामा सोमबार दिउँसो एक युवकले आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेर गम्भीर घाइते बनाएका छन् ।

करिब  ३ः०० बजेको समयमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ सुरुङ बस्ने ४२ वर्षीय हुमबहादुर थापाले आफ्नै ४० वर्षीया श्रीमती  मिनामाया थापालाई बन्चरोले प्रहार गरेका हुन् ।

बन्चरो प्रहारबाट उनको बायाँ कुम र ढाडमा चोट लागि घाइते भएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाइएकोमा थप उपचार आवश्यक भएपछि उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा पठाइएको स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको र घटनास्थलमा प्रहरी टोली खटिइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Top