कांग्रेस बागलुङको सभापतिमा शेरचन विजयी

डम्मर बुढा मगर   POSTED ON : मंसिर १४, २०७८ (११:११ AM)

कांग्रेस बागलुङको सभापतिमा शेरचन विजयी

बागलुङ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत शनिबार पहिलो निर्वाचन भएको थियो । पहिलो निर्वाचनमा शेरचन, दोर्ण कुमार कुँवर र जगदीशचन्द्र उपाध्यायको उम्मेदवारी रहेको थियो । पहिलो पटकको मतदानमा शेरचनले ६८६, कुँवरले १६८ र उपाध्यायले सबैभन्दा बढी ७९० मतल्याउनु भएको थियो । तिनै जनामध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनःमतदान भएको थियो । मंगलबार विहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले ८७३ मत ल्याएर विजयी हुनु भएको छ । 

शेरचनलाई कुँवरले समर्थन गरेपछि विजयी भएको नेताहरुले बताउँछन् । उहाँको प्रतिस्पर्धी जगदिशचन्द्र उपाध्यायले ७६८ मत ल्याउनु भएको प्रमुख निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो थियो ।

जिल्ला उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गर्नुभएको थियो । यस्तै सचिवमा हरिहर शर्मा  निर्वाचित हुनु भएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभएको थियो । यस्तै सह सचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीस विजयी हुनुभएको छ । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । सभापतीका उपाध्यय वरिष्ठ नेता रामचन्द्र पौडेल र शेरचन संस्थापन पक्षबाट चुनावमा होमिएका थिए । तर शेचरन सिटौलापक्षका नेतामा चिनिनुहुन्छ ।


Top