21st September | 2020 | Monday | 10:29:10 PM

स्वाईन फ्लु र हङकङ फ्लु नियन्त्रणका लागि परीक्षण डेक्स स्थापना

अनिल पोखरेल   POSTED ON : भदौ ३१, २०७५ (६:५५ PM)

स्वाईन फ्लु र हङकङ फ्लु नियन्त्रणका लागि परीक्षण डेक्स स्थापना

कञ्चनपुर । कञ्चनरुप नगरपालिकामा फैलिएको स्वाईन फ्लु र हङकङ फ्लु नियन्त्रण गर्नका लागि  सप्तरीको प्रवेश द्वार नाका कोशी    व्यारेज खण्डमा स्वास्थ्य परीक्षण डेस्क स्थापना गरिएको छ । 

हनुमाननगर कंकालनी नगरपालिका र भारदह अस्पतालको सहयोगमा कंचनरुप नगरपालिकाले आईतवार भारतको बाबाधामबाट फर्केर आउने तिर्थ यात्रीलाई मध्यनजर गर्दै सप्तरीको प्रवेशद्वार कोशी व्यारेजमा स्वास्थ्य परिक्षण डेस्क संचालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर प्रसाद गुप्ताले बताए ।

 भाईरल प्रकोप नियन्त्रण गर्नका लागि तिव्र रुपमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने विपद क्षेत्र घोषणा भए पछि नगरका शैक्षिक संस्थाहरु बन्द रहेका छन । नगरपालिका क्षेत्रमा  फैलिएको भाइरल ज्वरो कारण तीन बालकसहित चारजनाको मृत्यु भएको छ भने २ हजार ५ सय भन्दा बढी     बिरामी छन । भारतको झारखण्डस्थितको प्रसिद्ध तिर्थयात्रा बाबाधाम गएकाहरु फर्केर आउदा स्वाइन फ्लू र हङकङ फ्लु सरेर अनुमान गएिकोछ । यता स्वाईन फ्लु तथा हङकङ फ्लु र भाईरल ज्वरो सतर्कता अपनाउन तिरहुत गाउँपालिकाले आपतकालिन वैठक वसी गाउपालिका क्षेत्रभरि चार दिन विद्यालय बन्द तथा टोलटोलमा स्वास्थ्य शिविर गर्ने निर्णय                 

गरिएको छ । तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहडखेर (मनोज)को अध्यक्षतामा आपतकालिन वैठक वसी गाउपालिका क्षेत्रभरि चार दिन विद्यालय बन्द गर्ने तथा वडा नं. १ देखि ५ सम्मका स्वास्थ्य प्रमुखको नेतृत्वमा स्वयम्सेविकाहरुको सहभागितामा एक टोली गठन गरि प्रत्येक टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुलाई विदामा वस्न नहुने, विदामा वसेका स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने समेत निर्णय भएको अध्यक्ष बहडखेरले बताए । 


Views: 375