30th September | 2020 | Wednesday | 11:32:40 PM

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

सत्यराज सिंह   POSTED ON : माघ ५, २०७६ (५:३४ PM)

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

बझाङ । बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ८ कि २३ बर्षिया सरीता सिंहको जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी गराएको भएपनि अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखा परेपछि उनलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख डा.सन्दिप ओखेडाले बताए ।

सिंहको पेट फुल्ने समस्या भएपछि उनको जिल्ला अस्पतालमा सल्यकृया गर्दा सिंहको झण्डै एकफिट सानो आन्द्रामा गम्भीर संक्रमण भई काम नलाग्ने अवस्थामा पुगेको थियो । जसकारण तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सेनाको हेलिकप्टर मार्फत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।


Views: 105