10th August | 2020 | Monday | 4:42:06 PM

थप ८२ जना सङ्क्रमित , सङ्क्रमितको संख्या १६ हजार ८०१ पुग्यो

हिमालय टाइम्स   POSTED ON : असार २८, २०७७ (४:५५ PM)

थप ८२ जना सङ्क्रमित , सङ्क्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौँ  । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो  ।

आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ पुगेको छ ।  यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा सङ्क्रमित पुष्टि भएको छैन ।


Views: 83