15th August | 2020 | Saturday | 6:51:41 AM

जेष्ठ नागरिक र बालबालिकालाई घरबाट ननिस्कन मन्त्रालयको अनुरोध

हिमालय टाइम्स   POSTED ON : श्रावण १८, २०७७ (५:४९ PM)

जेष्ठ नागरिक र बालबालिकालाई घरबाट ननिस्कन मन्त्रालयको अनुरोध

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्न आग्रह गरेको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको मिडिया ब्रिफिङमा यस्तो अनुरोध गर्नुभएको हो ।

 कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौंजस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो ।


Views: 69