29th September | 2020 | Tuesday | 12:18:33 AM

२४ घण्टामा उपत्यकामा ५१ जना नयाँ संक्रमित

हिमालय टाइम्स   POSTED ON : श्रावण १९, २०७७ (४:४५ PM)

२४  घण्टामा उपत्यकामा  ५१ जना नयाँ संक्रमित

काठमाडौं  । पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार थप ४१८ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण देखिएको छ।

सोमबारसम्म  देशभरबाट ३ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन । 

 


Views: 65