28th September | 2020 | Monday | 10:18:07 PM

उपत्यकामा थप ४४ सहित देशभर ३३८ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : श्रावण २६, २०७७ (४:३२ PM)

उपत्यकामा थप ४४ सहित देशभर ३३८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

सोमबार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

सोमबार काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ । मुलुकभर हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।


Views: 68