28th September | 2020 | Monday | 7:42:59 PM

पछिल्लो चौबीस घण्टामा थपिए ३३८ जना नयाँ सङ्क्रमित

हिमालय टाइम्स   POSTED ON : श्रावण २६, २०७७ (४:३३ PM)

पछिल्लो चौबीस घण्टामा थपिए ३३८ जना नयाँ सङ्क्रमित

काठमाडौँ ।  नेपालमा  पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका  ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४०  जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ जना रहेका छन् । रेड जोनमा थप एकजना बारा जिल्लाका परेको छ । कुल रेड जोनमा ५५४ जना रहेका छन् । 

Views: 26