25th September | 2020 | Friday | 9:15:51 PM

पाटन र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७७ (११:३८ AM)

 पाटन र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । उनी यही साउन १८ गते  पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।



त्यस्तै, ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी वृद्धामा कोरोना पोजेटिभ देखिएको छ ।काठमाडौं टेकुकी ७८ वर्षीया वृद्धाको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।


Views: 123