25th September | 2020 | Friday | 9:13:30 PM

काठमाडौं उपत्यकामा थप १३८ सहित ४८४ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७७ (४:४६ PM)

 काठमाडौं उपत्यकामा थप १३८ सहित ४८४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८४ जनामा  कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जस अनुसार काठमाडौंका  १०७ जना, भक्तपुरका ८ जना र ललितपुरका २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


Views: 50