25th September | 2020 | Friday | 10:03:43 PM

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ पुग्यो

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७७ (५:२१ PM)

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौं  । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । 

पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा आठ जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको हो ।

योसँगै कोरोनाले ज्यान गुमाउनको संख्या ९१ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बुधबार ४८४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।  योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ।


Views: 96