28th September | 2020 | Monday | 9:44:05 PM

काँग्रेसका महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७७ (११:३६ AM)

 काँग्रेसका महामन्त्री  कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला ओम अस्पताल भर्ना हुनुभएको छ  । महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । 

उहाँ कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा बस्नुभएको थियो । 

कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ सोमबार राति  चावहितस्थित ओम अस्पतालमा  भर्ना हुनुभएको हो । कोइरालालाई  गएराति १०३ डिग्री ज्वरो आएको थियो। चिकित्सकहरुले उहाँमा निमोनियाको संकेत देखिएको  बताएका छन्



Views: 48