31st October | 2020 | Saturday | 3:37:26 AM

पछिल्लो २४ घण्टामा १५ सय ३९ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७७ (४:२७ PM)

पछिल्लो २४ घण्टामा १५ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।

 नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ५८ हजार ३२७ जना पुगेको छ । 

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। 

१० हजार ४९४ जनाको आज पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७९ पुगेको छ ।


Views: 70