31st October | 2020 | Saturday | 4:53:32 AM

कोरोनाका कारण थप ८ जनाको मृत्युसँगै कूल मृतकको संख्या ३७९ पुग्यो

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७७ (५:३६ PM)

कोरोनाका कारण थप ८ जनाको मृत्युसँगै कूल मृतकको संख्या ३७९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । 

बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १६, प्रदेश नम्बर २ मा ९ सय ४६, बागमती प्रदेशमा ४ हजार ५ सय ९५ र गण्डकी प्रदेशमा ८ सय १ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ७२, कर्णाली प्रदेशमा २ सय ६२ र सुदूरपश्चिम प्रदेशमा २ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना संक्रमित रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ३९, प्रदेश नम्बर २ मा १ हजार ३ सय १, बागमती प्रदेशमा ३ हजार ९ सय र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ४२, कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा३ सय १४ गरी देशभरी ७ हजार ७ सय १ जना संक्रमित रहेका छन । यस्तै आइसियुमा १ सयय ७३ र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन ।


Views: 67