26th October | 2020 | Monday | 10:02:21 PM

उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

हिमालय टाइम्स   POSTED ON : आश्विन १, २०७७ (४:४५ PM)

उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन्।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका  अनुसार काठमाडौंमा ५०७ जना, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन्। 

पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।   

यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

४ वटा जिल्लाका ३ महिला र १ पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो । 

कूल मृतकको संख्या ३८३ पुगेको छ ।


Views: 65