31st October | 2020 | Saturday | 3:53:13 AM

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो

  POSTED ON : आश्विन २, २०७७ (२:२४ PM)

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्म १४ हजार २७९ जनामा कोरोना संक्रमण देखिएको छ ।


जसमध्ये काठमाडौंमा ११ हजार ७४६ जना, भक्तपुरमा एक हजार १८६ जना र ललितपुरमा एक हजार ३४७ रहेको स्वास्थ्य मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


तर, पछिल्लो एक महिनामा काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ । गत भदौ १ गतेबाट असोज १ गतेसम्ममा १२ हजार ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।


एक महिनामा काठमाडौंमा १० हजार १७३ जना, भक्तपुर एक हजार ६० र ललितपुरमा एक हजार ७९ जना संक्रमित थपिएका हुन् । उपत्यकामा देखिएका कुल संक्रमितको ८६।२३ प्रतिशत पछिल्लो महिना मात्रै थपिएका छन् ।


हालसम्म देशैभर कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । कोरोना निको हुनेको दर पनि ७२.०९ प्रतिशत रहेको छ । हालसम्म ४२ हजार ९४९ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

Views: 57