31st October | 2020 | Saturday | 4:37:18 AM

काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन २, २०७७ (४:३९ PM)

काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ८५९ जना सङ्क्रमित थपिएका छन् । 

पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ८५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा पुष्टि भएको सङ्क्रमित उपत्यकाको तीनै जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी ६९८ जना सङ्क्रमितको पहिचान गरिएको छ । ललितपुरमा ८२ र भक्तपुरमा ७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


Views: 69