26th October | 2020 | Monday | 8:54:10 PM

काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन ३, २०७७ (४:५५ PM)

काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो । 

आज थपिएका संक्रमितसहित संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताउनु भयो । 

Views: 65