3rd December | 2020 | Thursday | 2:16:22 PM

देशभर तीन हजार नौसय भन्दा बढी प्रहरीलाई कोरोना संक्रमण

  POSTED ON : आश्विन ७, २०७७ (३:०८ PM)

देशभर तीन हजार नौसय भन्दा बढी प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । नेपालभर कोरोना संक्रमित हुने प्रहरीको संख्या तीन हजार नौसय १२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै एक हजार २७ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २८९ जना र काठमाडौं उपत्यकाभरि ७ सय ३८ जना सक्रिय संक्रमित रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिनुभएको छ  ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा १६८ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १७२ जना, वाग्मती प्रदेशमा १२९ जना, गण्डकी प्रदेशमा १५१ जना, प्रदेश ५ मा १३९ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जना सक्रिय संक्रमित छन् ।

Views: 93