2nd December | 2020 | Wednesday | 3:04:30 AM

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४९७ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७७ (४:३२ PM)

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४९७ जनामा कोरोना पुष्टि

काठमाडौं । पहिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको विहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ । 

हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४५७ निको भएका छन्। योसँगै ५० हजार ४११ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२.७ प्रतिशत हो।


Views: 89