3rd December | 2020 | Thursday | 12:37:05 PM

उपत्यकामा थपिए ८ सय १७ जना कोरोना संक्रमित

  POSTED ON : आश्विन १२, २०७७ (४:४२ PM)

उपत्यकामा थपिए ८ सय १७ जना कोरोना संक्रमित

 काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जना यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ।

काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्।


पछिल्लो २४ घन्टामा देशभर १ हजार ३५१ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।





Views: 84