21st October | 2020 | Wednesday | 8:07:44 AM

पर्साका स्वास्थ्यकर्मीको कोरोना उपचारका क्रममा काठमाडौंमा मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन १२, २०७७ (७:५१ PM)

पर्साका स्वास्थ्यकर्मीको कोरोना उपचारका क्रममा काठमाडौंमा मृत्यु

काठमाडौं । कोरोनाका कारण पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु भएको छ । 

पर्सा जिल्लाको जगरनाथपुर पालिकामा कार्यरत सिनियर अहेब (अधिकृत) रामशिकल साहको कोरोनाको कारण मृत्यु भएको हो । 

पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय साहको सोमबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

जगरनाथपुर गाउँपालिकाका ९ जना स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका २ जना कार्यालय सहयोगिमा संक्रमण पुष्टि भएकोमा त्यस मध्ये साहको मृत्यु भएको हो ।  असोज ५ गते उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका उनी संक्रमण भएपछि घर गएका थिए । आरामपछि पनि स्वास्थ्यमा सुधार नआएपछि  उनलाई उपचारका लागि चन्द्रकला अस्पताल जनकपुर लगिएको थियो । त्यहाँ पनि उनको  स्वास्थ्यमा खासै सुधार आएन अनि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं ल्याइएको थियो ।

काठमाडौंस्थित करुणा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।साह पर्सामै काम गर्ने दौरान संक्रमित भएको आँकलन गरिएको छ ।  



Views: 69