2nd December | 2020 | Wednesday | 2:29:19 AM

उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि, देशभरमा थप १० जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन १३, २०७७ (४:४३ PM)

उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि, देशभरमा थप १० जनाको मृत्यु

काठमाडौं ।  काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा ९३४ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ ३०७ महिला र ४४० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ४७ महिला र ६७ पुरुषसहित ११४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी भक्तपुरमा २८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसहित काठमाडौंमा १८ हजार ८७७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा  २ हजार ३७ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

देशभर २० हजार ३९६  जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।


Views: 85