3rd December | 2020 | Thursday | 1:46:58 PM

चितवनमा थप दुई जनाको कोरोना भाइरस सङ्क्रणबाट मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन १६, २०७७ (११:०४ PM)

चितवनमा थप दुई जनाको कोरोना भाइरस  सङ्क्रणबाट मृत्यु

भरतपुर  । चितवनमा शुक्रबार थप दुई जनाको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । 
ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।  यस्तै शुक्रबार भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना हुनुभएका उनीलाई बिहीबार राति भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  योसँगै चितवनमा कोरोनाबाट  मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार  नाघेको छ ।


Views: 137