29th November | 2020 | Sunday | 3:37:00 PM

उपत्यकामा ११७७ सहित देशभर थप २१२० जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७७ (४:२९ PM)

उपत्यकामा ११७७ सहित देशभर थप २१२० जनामा कोरोना संक्रमण


काठमाडौं । पछिल्लो  २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिनु भयो।  १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र  ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताउनु भयो । 

यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।

Views: 125