29th November | 2020 | Sunday | 3:22:47 PM

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन १७, २०७७ (६:४१ PM)

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना परीक्षण भएकामध्ये प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतको भनाइ छ ।

प्रधानमन्त्री  ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँगै चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रमुख राजनीतिक सल्लाहकार रिमालसँगै परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Views: 100