29th November | 2020 | Sunday | 4:21:18 PM

बाँकेमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

  POSTED ON : आश्विन १८, २०७७ (११:१२ AM)

बाँकेमा कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा उपचारको क्रममा एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।

कञ्चनपुरको महेन्द्रनगर निवासी महिलालाई बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।

सुत्केरी हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको असोज १४ गते पीसीआर जाँच गर्दा कोरोना देखिएको थियो । ती महिलालाई १५ गते कोहलपुरमा ल्याइएको थियो ।यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


Views: 111