29th November | 2020 | Sunday | 5:00:23 PM

देशभर थप २२५३ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन १८, २०७७ (४:३२ PM)

देशभर थप २२५३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

 आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । 

जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।


Views: 63