29th November | 2020 | Sunday | 3:46:38 PM

देशभर थप २४४० जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन १९, २०७७ (४:२४ PM)

देशभर थप २४४० जनामा कोरोना पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमित पुष्टि भएका छन् । 

योसँगै संक्रमितको कूल संख्या ८९  हजार २६३  पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १३ हजार  ७८१   जनाको पिसिआर परिक्षणमा २४४०  जनालाई संक्रमण देखिएको जानकारी दिनु भयो । 

२४ घण्टामा १ हजार १३३  जना डिस्चार्ज भएका छन्।

 डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय जना सक्रिय संक्रमित छन्।


Views: 87