29th November | 2020 | Sunday | 5:08:25 PM

काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन १९, २०७७ (४:३३ PM)

काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

काठमाडौं ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५३१ ज्नामा कोरोना संक्रमण देखिएको छ ।

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताउनु भयो । उहाँका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १३ हजार  ७८१   जनाको पिसिआर परिक्षणमा २४४०  जनालाई संक्रमण देखिएको जानकारी दिनु भयो । 

२४ घण्टामा १ हजार १३३  जना डिस्चार्ज भएका छन्।

 डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। देशभर २३ हजार ५ सय जना सक्रिय संक्रमित छन्।


Views: 70