3rd December | 2020 | Thursday | 1:21:10 PM

बिराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

  POSTED ON : आश्विन २०, २०७७ (१:१३ PM)

बिराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

नोबेल अस्पतालका  अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र भेन्टिलेटमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको अस्पतालले जानकारी दिएको छ । 


यस्तै, रतुवामाईका ४५ वर्षीय पुरुष  मधुमेहका दीर्घ रोगी  हुन ।  असोज १३ गते उनलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि  उपचारका लागि अस्पताल भर्ना गरिएको थियो  । अस्पताल भर्ना भएपछि स्वाब परीक्षण गरिएको उनमा पनि कोरोना पोजिटिभ देखिएको र आईसीयूमा राखेर उपचार गर्दा गर्दै मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको हो  ।

Views: 69