3rd December | 2020 | Thursday | 1:48:26 PM

बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  POSTED ON : आश्विन २२, २०७७ (३:०६ PM)

बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवल ।  बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका-६ का ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ ।

बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा  भर्ना भएकै दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका  अनुसार उनी मधुमेह र उच्च रक्त चापका बिरामी थिए ।





Views: 38