3rd December | 2020 | Thursday | 1:19:46 PM

पछिल्लो चौबीस घण्टामा थपिए ४ हजार ३६४ जना कोरोना सङ्क्रमित

  POSTED ON : आश्विन २२, २०७७ (४:३३ PM)

पछिल्लो चौबीस घण्टामा थपिए ४ हजार ३६४ जना  कोरोना सङ्क्रमित


काठमाडौँ  । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।


 हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४  छन् ।


मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Views: 80