3rd December | 2020 | Thursday | 12:51:41 PM

पछिल्लो २४ घण्टामा ४३६४ जनामा कोरोना पुष्टि, उपत्यकामा थप २५४० जनामा संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन २२, २०७७ (४:३३ PM)

पछिल्लो २४ घण्टामा ४३६४ जनामा कोरोना पुष्टि, उपत्यकामा थप २५४० जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा २५४० थपिएका छन् । मन्त्रालयले काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४  छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ ।

 हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।


Views: 94