3rd December | 2020 | Thursday | 1:09:05 PM

पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना संक्रमण

  POSTED ON : आश्विन २३, २०७७ (४:२८ PM)

पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामादुई हजार ५९* जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ वटा नमूनाको परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमितसहित एक लाख  ६७६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम  र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म  ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।


Views: 99