3rd December | 2020 | Thursday | 12:23:20 PM

पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन २४, २०७७ (४:२९ PM)

पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार  नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । 

प्रवक्ता गौतमले १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५हजार ८ जनालाई संक्रमण देखिएको जानकारी दिनुभयो ।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

 पछिल्लो चौबीस घण्टामा एक हजार २२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७४ हजार २५२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७०.२ प्रतिशत हो ।

Views: 106