3rd December | 2020 | Thursday | 2:18:54 PM

काठमाडौं उपत्यकामा एकैदिन २६७२ जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन २४, २०७७ (४:३४ PM)

काठमाडौं उपत्यकामा एकैदिन २६७२ जनामा कोरोना पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ जना कोरोना देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९  र भक्तपुरमा २ सय ३ जनालाई कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।


Views: 67