3rd December | 2020 | Thursday | 1:10:29 PM

देवीदेवताका मूर्ति छोएर पूजा नगर्न, पैसाको कारोवार विद्युतिय माध्यमबाट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

हिमालय टाइम्स   POSTED ON : आश्विन २४, २०७७ (५:२५ PM)

देवीदेवताका मूर्ति छोएर पूजा नगर्न, पैसाको कारोवार विद्युतिय माध्यमबाट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । 

शनिबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले धार्मिक कार्यक्रममा सहभागी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने डा. गौतमले बताउनुभयो । साथै उहाँले देवि देवताका मुर्तिहरु र धेरै व्यक्तिले प्रयोग गर्ने सामग्री नछुन पनि सुझाव दिनुभएको छ । पैसाको कारोबार विद्युतिय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।

ज्वरो, खोकी वा स्वासप्रस्वासको समस्या भएका व्यक्तिहरु, ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, मधुमेह, क्यान्सर, मुटुरोग, उच्चरत्ततचाप, मिर्गौला, कलेजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य स्वास प्रस्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, शरीरमा मेडिकल उपकरणहरु राखेका व्यक्तिहरु, हालसालै सर्जरी गरेका व्यक्तिहरु र पछिल्लो १५ दिन भित्र सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरु उच्च जोखिममा रहेकोले घर परिवार भन्दा बाहिरको भेलामा सहभागी नहुन पनि प्रवक्ता गौतमले अनुरोध गर्नुभयो । 


Views: 83